१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बजेटप्रति प्रदेश–३ मा सकारात्मक प्रतिक्रिया (भिडियो)


0
Shares

सरकार, स्थानीय कर्मचारीलेसमेत बजेटमा राम्रो पक्ष रहेको टिप्पणी गरेका हुन् ।

गत मंगलबार सार्वजनिक बजेटमा अरु प्रदेशबाट मिश्रित प्रतिक्रिया आइरहेका बेला ३ नम्बर प्रदेशबाट भने सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रदेश सरकार, व्यापारी र स्थानीयलेसमेत समग्रमा बजेटकाबारेमा राम्रो प्रतिक्रिया दिएका छन् । प्रदेश नम्बर–३ लाई १६ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश–३ का मन्त्रिपरिषदका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल संघीय सरकारको बजेटले राष्ट्र र जनताको हितमा काम गर्ने भरोसा गर्नसकिने टिप्पणी गर्छन् ।

त्यसो त प्रदेशहरु पनि आगामी असार १ मा प्रस्तुत् हुने बजेटमा केन्द्रित भएका छन् ।

३ नम्बर प्रदेशका जनता पनि बजेटप्रति सकारात्मक नै देखिएका छन् । यस प्रदेशलाई सरकारले प्राथमिकतामा राखेको स्थानीयकोे बुझाइ छ ।

भिडियो हेर्नुहोस्