
धादिङ, जेठ १८ । बेनिघाट रोराङ गाउँपालिका–३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताए ।
दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्