१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


0
Shares

विराटनगर, जेठ १८ । प्रदेश नम्बर १ को संरचना अनुसार सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले विराटनगरमा एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ ।

प्रदेश नम्बर १ को १४ वटै जिल्लामा सुरक्षा व्यवस्था थप बलियो बनाउन गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रदेशको सुरक्षा र चुुनौतीबारे छलफल हुँदैछ ।

गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेको कार्यक्रममा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी छन् ।

गोष्ठीमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेशअन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखको सहभागिता छ ।