१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किँदा एकजनाको मृत्यु


0
Shares

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेनिघाट–रोराङ गाउँपालिका–४ का निरञ्जन सुनारको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।