१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


‘वी द नेपलीज’ विमोचित (भिडियो)


0
Shares

त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा तथ्यांकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. गंगा श्रेष्ठ र सोही विभागकै पूर्वप्रमुख अजयविक्रम स्थापितले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् ।

तथ्यांकशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुखसमेत रहिसकेका सिंहको यस पुस्तकमा नेपालका विभिन्न जातजाति र भाषाभाषीको सूक्ष्म अध्ययन गरिएको छ ।

कार्यक्रममा प्राध्यापक सिंहले विभिन्न थरीका जातजाति तथा भाषाभाषीहरु रहेको नेपालमा रितिरिवाज पनि थरीथरीका रहेको भन्दै एकै खालको मलजलबाट उनीहरुको जगेर्ना र विकास सम्भव नहुने बताए ।

सो अवसरमा लेखक मृगेन्द्र सिंह, गंगा श्रेष्ठ, अजयविक्रम स्थापित र देवेन्द्र क्षेत्रीलाई तथ्यांकशास्त्र केन्द्रीय विभागका प्रमुख शंकर खनालले सम्मानित गरेका थिए ।

सन् १९४३ सालमा काठमाडौंको इन्द्रचोकमा जन्मिएका सिंहले त्रिभुवन विश्वविद्यालयमा १९ वर्ष र त्रिचन्द्र कलेजमा २२ वर्ष अध्यापन गरेका थिए । उनका थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

प्रा. डा. मृग्रेन्द्रलाल सिंहको ‘वी द नेपलीज, एन एनालाइटिक स्टडी अफ द नेपलीज कम्युनिटी’ पुस्तक एक अनुसन्धनात्मक पुस्तक हो । यो पुस्तक लेख्न १० वर्षअगाडिदेखि नै अनुसन्धान थालेको उनले बताए ।

यो पुस्तक अनुसन्धानमा केन्द्रित रहेकाले अनुसन्धानमा संलग्न शिक्षक, विद्यार्थी, नीति–नियम निर्माणकर्ताहरुका लागि उपयुक्त भएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

भिडियो हेर्नुहोस्