
रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौं मेट्रोको सहयोगमा उक्त उपकरण जडान गरिएको हो ।
शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भारत, चेन्नाईबाट आएका रोटरीयन सुशील गुप्ताले उपकरण हस्तान्तरण गरेका हुन् ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ तथा मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाबिनै कलेजोको कडापन थाहा पाउनसकिने उक्त मेसिन हालसम्म कुनैपनि सरकारी अस्पतालमा नरहेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालय र रोटरी क्लबको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा जडान गरिएको हो ।
दुई करोड रुपैयाँभन्दा बढी पर्ने उक्त फाइब्रो स्क्यानका लागि मन्त्रालयको २० लाख रुपैयाँ लगानी रहेको छ भने बाँकी रकम रोटरीले सहयोग गरेको छ ।
यसैगरी, अस्पताललाई ९ ओटा डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ ।
रोटरीले अस्पताललाई मिर्गौला फेल भएकाको उपचारमा सहयोग पुर्याउन डायलाइसिस मेसिन दिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्