
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न शनिबार ताप्लेजुङमा पुगेका गृहमन्त्री थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधारको विकास नै समृद्धिको आधार भएकाले यसमा हेलचेक्र्याइँ गर्न नहुने बताए ।
उनले सरकारले आर्थिक विकास समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै यसमा सहयोग गर्न आग्रह गरे ।
कुनैपनि भौतिक पूर्वाधार निर्माणमा संलग्न भएकाहरुले अब काम पूरा गर्र्नैपर्ने उनको भनाइ थियो ।
काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारबाही गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री थापाले पाथीभरा जाने सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमासमेत चासो राखेका थिए ।
वि.सं. २०७२ साल असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सन्चारकर्मीसहित स्थानीय बासिन्दाले मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्