१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


म्याग्दीको गुफाको डाँडो, यति मनमोहक भएर पनि किन ओझेलमा ! (भिडियो)


0
Shares

म्याग्दी, जेठ २० । म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पर्र्ने गुफाको डाँडो पर्यटकको पर्खाइमा रहेको छ ।

प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि भौतिक पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा यो ओझेलमा परेको हो ।

म्याग्दी जिल्लाको सदरमुकामबाट करिब ३ घण्टाको पैदलमा पुग्न सकिने गुफाको डाँडो अनेक सौन्दर्यले भरिपूर्ण छ । यहाँबाट १२ ओटा हिमालको मनमोहक दृश्य र ३६ वटा गाउँ स्पष्टसँग देखिन्छ ।

अन्य प्राकृतिक छटाहरुले समेत भरिएको डाँडो पर्यटकीय स्थलको रुपमा भने विकास हुन सकेको छैन ।

उचित प्रचार प्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा डाँडो गुमनामजस्तै बनेको हो ।

समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित गुफाको डाँडाबाट माघ, फागुन र चैत महिनामा ढकमक्क फुलेको लालीगुराँसको दृश्य हेर्न पाइन्छ । वनजङ्गलको नजिकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि वनभोज जान सकिन्छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्