
काठमाडौं, जेठ २० । काठमाडौंमा आइतबार दिउँसो एक्कासी मुसलधारे बर्षा भयो । दिउँसो १ बजेपछि करीब आधा घण्टा परेको पानीले राजधानी जलमग्न बन्यो ।
ढलबाट बर्षाको पानी बगेर जानुको सट्टा ढलसहितको बाढीले सडक भरिएका थिए ।
आधा घण्टा भन्दा कम समयको बर्षाले त काठमाडौंका सडकको अवस्था यस्तो बन्छ भने लामो अवधि पानी पर्ने हो भने अवस्था के होला ?
ढलहरुको सरसफाई र मर्मतसंभारमा ध्यान नदिंदा छोटो समयको बर्षाले ढलहरु भरिने समस्या देखिने गरेको छ ।
ढल मिसिएको भेलले सडक भरिएपछि सडकमा आवत जावत गर्नेहरुलाई असहज त हुन्छ नै त्यसमाथि पानीकै कारण घन्टौं जाम हुने समस्या पनि भोग्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्