काठमाडौं, जेठ २० । आइतबार पनि सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले ओरालो लागेर ५८ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि २ सयले कमी आएर ५८ हजार ४ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १३ सय डलर हाराहारीमा कारोबार भैरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्