
११ ओटै जिल्लाबाट प्राप्त सुझाव संकलनलाई थापाले सोमबार संसदमा प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा प्रदेशको राजधानी निर्विकल्प पोखरा बनेको छ ।
नामका सम्बन्धमा भने ४५ प्रतिशतले गन्डकी प्रदेश र ३५ प्रतिशतले तमुवान–मगरात र बाँकीले अरु नाम राख्नुपर्ने सुझाव दिएका छन् ।
प्रदेश राजधानी तथा नामांकन समितिले पेस गरेकोे प्रतिवेदनमा प्रदेशको नाम पहिलो नम्बरमा गन्डकी रहेको थापाले बताए ।
प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनैपनि जातीय आधारमा नाम राख्न नहुने बताएका छन् ।
११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गन्डकी राख्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्