
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार हावाहुरीका कारण आइतबार अपराह्नदेखि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट र मैलुङखोला जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ ।
चिलिमे–त्रिशूली ६६ केभी प्रसारणलाइनका केही स्थानमा हावाहुरीका कारण विद्युत् आपूर्ति बन्द भएको छ ।
उक्त प्रसारणलाइन मर्मतका लागि प्राधिकरणको प्राविधिक समूह परिचालन भइसकेको जानकारी दिँदै प्रवक्ता अधिकारीले समस्या उत्पन्न भएका स्थानमा मर्मत भइरहेको बताए ।
यस्तै, आइतबारदेखि कुलेखानी दोस्रो परियोजनाको एक युनिटमा समस्या उत्पन्न भइ ४६ मेगावाट विद्युत् उत्पादनमा समस्या भएको छ ।
सो आयोजनाको पहिलो र दोस्रो एकाइबाट ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो ।
यस्तै, मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारणलाइन टावर मर्मतका लागि बन्द गरिएको छ ।
त्यस्तै, टनकपुर–भीमदत्तनगर १३२ केभी प्रसारणलाइन नियमित मर्मत–सम्भारका लागि बन्द भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्