
आयोगका सचिव वेद भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भइ जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ ।
छोराको न्यायका लािग यही जेठ १५ गतेदेखि पुनः अनशनमा बस्दा र पटक–पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ ।
सरकार र सम्बन्धित निकायसमेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटो–छरितो र सर्वसुलभ हुनुपर्ने मूल्य–मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामासमेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्