
ध्रुव भट्टराई/ईमेज:
विराटनगर, जेठ २२ । पर्यटकका लागि मनोरञ्जनपूर्ण मानिने र्याफ्टिङ खेल सप्तकोशी लगायतका नदीमा संचालन हुँदै आएको छ ।
प्रदेश नम्बर १ मा पर्यटक आकर्षण गर्ने ठूलो सम्भावनाका रुपमा रहेको र्याफ्टिङ खेल्न पर्यटकको चहलपहल बढ्दै जान थालेको छ ।
जलप्रवाह तीव्र भएका ठूला नदीमा खेल्न सकिने र्याफ्टिङ निकै मनोरञ्जनपूर्ण र साहसिक खेल हो ।
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको सप्तकोशी र्याफ्टिङका लागि मुख्य गन्तव्यको रुपमा परिचित छ ।
हिउँदको सिजनमा तमोर, अरुण, सुनकोशी र सप्तकोशी नदीका चार रुटमा र्याफ्टिङ संचालन हुँदै आएको छ भने अहिले लेगुवाघाटबाट अरुण, मुलघाटबाट तमोर, हर्कपुरबाट सुनकोसी र बराह क्षेत्रबाट सप्तकोशी नदीको चतरासम्म संचालन हुँदै आएको छ ।
यति हुँदा हुँदै पनि प्रचार प्रचार र उचित पूर्वाधारको विकास नहुँदा यथेष्ट पर्यटक भित्रिन भने सकेका छैनन् ।
प्रदेश १ का आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की जलस्रोतको अधिकतम उपयोग गर्दै पर्यटक भित्र्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँछन् ।
प्रदेश नम्बर १ को जलस्रोतलाई उपयोग गरी यथेष्ट लाभ लिन सकिने बताउँदै प्याकेजमै एडभान्टेज टुरिजमलाई विकास गर्ने सोंच रहेको रिर्भरडिप र्याफ्टिङका सञ्चालक सुरेश बस्नेतको भनाइ छ ।
तमोर नेपालकै पहिलो र विश्वकै तेस्रो उत्कृष्ट र्याफ्टिङ गन्तव्य भए पनि यसबाट एथेष्ट लाभ लिन नसकेको इटहरीका र्याफ्टिङ सञ्चालक यादवप्रसाद कोइरालाको गुनासो छ ।
सप्तकोशी नदीमा बाह्रै महिना र्याफ्टिङ सञ्चालन गरी पर्यटक आकर्षित गर्न सकिन्छ ।
र्याफ्टिङका लागि राम्रो सम्भावना रहेका सप्तकोशी र त्यसका सहायक नदीलाई भरपुर उपयोग गरी पर्यटन उद्योगलाई व्यवसायका रुपमा अगाडि बढाउन सके १ नम्बर प्रदेशकै आर्थिक विकासमा ठूलो टेवा पुग्नेमा कुनै शंका छैन ।
त्यसकारण सरोकारवाला निकायले दीर्घकालीन योजना बनाएर पर्यटक भित्राउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्