२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राष्ट्रपति पुटिनले भनेः युरोपियन युनियन टुक्र्याउन खोजेको छैन


0
Shares

काठमाडौं, जेठ २२ । रुसका राष्ट्रपति भ्लालिमिर पुटिनले रुसले युरोपियन युनियन टुक्र्याउन कोशिस नगरेको बताएका छन् ।

अष्ट्रिया भ्रमणका क्रममा उनले युरोपियन युनियनसँग सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको स्पष्ट पारे ।

पुटिनले संयुक्त र समृद्ध युरोपियन युनियन चाहेको बताए । उनले ईयूका लागि रुस सबैभन्दा महत्वपूर्ण व्यापारिक र आर्थिक साझेदार भएको उल्लेख गरे ।

रुसले सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि ईयूले रुस विरुद्ध प्रतिबन्ध लगाएको छ ।

युक्रेन, सिरिया युद्ध, पूर्व रुसी जासुसलाई वेलायतमा विष आक्रमण गरेको लगायतका मुद्धाका कारण रुस र ईयूको सम्बन्ध चिसिएका बेला रुसी राष्ट्रपति अष्ट्रिया भ्रमणमा निस्किएका हुन ।