१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


राजमार्ग आसपासका होटलहरुमा अनुगमन


0
Shares

धादिङ, जेठ २२ । धादिङको पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुको अनुगमन गर्न थालिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल नेतृत्वको टोलीले राजमार्ग आसपासमा संचालित होटलहरुको अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा बिना अनुमती होटल सञ्चालन गरिएको र होटलको सरसफाइमा ध्यान नदिएको भेटिएको छ ।

अनुगमन टोलीले होटलको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

त्यसैगरी अनुगमनका क्रममा फेला परेका म्याद नाघेका अखाद्य वस्तुसमेत बरामद गरिएको टोलीले जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले होटलको सरसफाई र व्यवस्थापकीय पक्ष सुधारका लागि नियमित रुपमा अनुगमन गरिने बताए ।