२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सर्लाहीको इन्दुशंकर चिनी उद्योगद्वारा किसानको भुक्तानी बन्द


0
Shares

सर्लाही, जेठ २२ । सर्लाहीको इन्दुशंकर चिनी उद्योग हरिवनले उखु किसानको भुक्तानी बन्द गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले भुक्तानी रोक्नु परेको उद्योगले जनाएको छ ।

उद्योगले सूचना प्रकाशित गर्दै जेठ १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि भुक्तानी रोकिएको जनाएको हो ।

आगामी आर्थिक वर्षका लागि घोषणा गरिएको बजेटले यस वर्षको उखुको भुक्तानीलाई कुनै असर नपुर्‍याउने भए पनि उद्योगपतिले भुक्तानीमा आलटाल गर्न बहाना बनाएको किसानहरुको भनाइ छ ।

तर उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले भने बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले केही दिनका लागि उखुको भुक्तानी रोकेको जानकारी दिए ।