२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विभिन्न संघ–संस्थाद्वारा वृक्षरोपण तथा सरसफाइ


0
Shares

दिवसको अवसरमा ट्रेकिङ एजेन्सीज् अफ एसोसिएसन नेपाल (टान) र लिभ फर लभले ‘प्लास्टिकको प्रयोग नगरौं, वातावरण र जीवजन्तुहरु जोगाऔं’ भन्ने नारासहित स्वयम्भू परिसरमा सरसफाइ गरेकोे हो ।

टानका अध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले सरसफाइ कार्यक्रमको उद्घाटन गरेका थिए ।

त्यस्तै, पञ्चकन्या ग्रुपले पनि उपत्यकाका विभिन्न स्थानको सरसफाइ गरेको छ ।

पञ्चकन्या ग्रुपले काठमाडौंको त्रिपुरेश्वर, भृकुटीमन्डप, सिंहदरबार तथा ललितपुरको कुपन्डोल र जावलाखेलका सडक सरसफाइ गरेको हो ।

वातावरण दिवसकै अवसर पारेर काठमाडौं महानगरपालिका वडा नम्बर–११ का वडाध्यक्ष हिरालाल तण्डुकारको अगुवाइमा थापाथलीमा वृक्षरोपण गरिएको छ ।

त्यसैगरी, एभरेस्ट बैंकले पनि लाजिम्पाट क्षेत्रमा वृक्षरोपण गरेको छ ।

त्यसैगरी, कुमारी बैंकले पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक सुरक्षा परिसरमा वृक्षरोपण गरेको छ ।

बैंकका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले त्यस क्षेत्रमा विभिन्न जातका झन्डै ३०० बिरुवा रोपिएको बताए ।