
हकप्रद र बोनस सेयरको आधारमूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोध गरिरहेका संगठित लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका हुन् ।
यसदिन लगानीकर्ताले किनबेचको ‘अर्डर’ नै नदिँदा कारोबार ठप्प रहेको हो ।
नेपाल स्टक एक्सचेन्ज र ब्रोकरहरुले कारोबार गर्नका लागि कार्यालय खोले पनि लगानीकर्ताहरुले कुनै अर्डर नदिएका हुन् ।
नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र पुँजीबजार लगानीकर्ता संघले संयुक्तरुपमा आन्दोलन थालेका हुन् ।
अर्थ मन्त्रालयमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि लगानीकर्ता मंगलबारबाट कडारुपमा आन्दोलनमा उत्रेका हुन् ।
सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।
प्रतिक्रिया दिनुहोस्