
पुँजीगत लाभकरको विषयलाई लिएर सेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई १५ दिनभित्र सेयरबजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पुँजीबजारमा देखिएको समग्र समस्या समाधान गर्ने लक्ष्यसहित समिति गठन गरिएको जानकारी दिए ।
सेयर लगानीकर्ताहरु सरकारले पुँजीगत लाभकर बढाएको भन्दै सोमबारदेखि आन्दोलनरत् छन् ।
लगानीकर्ताको अवरोधका कारण मंगलबार नेपाल स्टक एक्सचेन्जमा कुनैपनि कारोबार हुन सकेन । रासस
प्रतिक्रिया दिनुहोस्