१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ट्रम्प–किमबीच यो पाँचतारे होटलमा हुँदैछ वार्ता


0
Shares

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले पाँचतारे ‘कापेला होटल’ वार्तास्थल हुने पुष्टि गरेको छ ।

सेन्तोसाजस्ता ६३ ओटा टापु मिलेर सिंगापुर बनेको हो ।

तर, यी दुई नेताहरु अन्यत्रै बस्ने सम्भावना रहेको बताइन्छ ।

जुन १२ मा पूर्वनिर्धारित् वार्ताको दुई हप्ताअघिमात्र ट्रम्पले एकपक्षीयरुपमा वार्ता रद्ध गरेका थिए । तर, त्यसपछि पनि वार्ताका प्रयासहरु जारी रहेकाले निर्धारित् मितिमै वार्ता हुने निश्चित भएको हो ।

मंगलबार (हिजो)मात्र राष्ट्रपति ट्रम्पले वार्ताको योजना राम्रोसँग अगाडि बढिरहेको बताएका थिए ।

उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने विषय नै वार्ताको प्रमुख एजेन्डा हुनसक्ने अनुमान गरिएको छ ।

शिखर वार्ताको सुरक्षा गोर्खाली सैनिकहरुले गर्र्नेछन् । (एजेन्सी)