१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


सुन तस्करीका ‘ठूला माछा’ चाँडै पन्जामा पर्छन् : गृहमन्त्री


0
Shares

Rambahadur thapa nepal india border problem flood

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको सन्दर्भमा बुधबार सन्चारकर्मीहरुसँग मन्त्री थापाले ‘सुन तस्करीको छानबिनलाई प्रभावित पारी तस्करलाई बल पुर्‍याउने काम भइरहेको र यो ठूला माछाको छटपटाहट हो’–भने ।

तोकिएको म्यादभित्र छानबिन समितिले सुनकान्डका मुख्य दोषी समात्न नसके समितिको म्याद थप्नसकिने पनि उनले प्रस्ट पारे ।

विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक पर्ने भन्दै उनले सुशासनका लागि सरकारले ठोस कदम चलाइरहेको दाबी पनि गरे ।

समयमै काम नगर्ने सबै ठेकेदारलाई कारबाही गरिने भन्दै उनले काठमाडौंमामात्र निर्माणाधीन ३०० आयोजना अलपत्र रहेको र ती आयोजनामा भ्रष्टाचार भएको जिकिर गरे ।

गृहमन्त्री थापाले आयोजना अलपत्र पार्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरधनी शारदाप्रसाद अधिकारीमाथि पनि कारबाही गरिने प्रस्ट गरे ।