२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


डोनाल्ड ट्रम्पको अडानकै कारण उत्तर कोरियाको व्यवहार परिवर्तन !


0
Shares

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीले उत्तर कोरियासँगको प्रस्तावित वार्ता राष्ट्रपति ट्रम्पले रद्द गरेपछि उत्तर कोरियाली नेता किम जोङ उनले निकै गनगन गरेको बताएका छन् ।

इजरायलमा भएको एक सम्मेलनमा ट्रम्पका वकिल जुलियानीले उत्तर कोरियासँगको वार्ता रद्द गर्ने निर्णय लगत्तै नेता किम निकै हतास भएको र वार्ताका लागि गनगन गरेको बताएका हुन् ।

ट्रम्पको कडा अडानका कारण उत्तर कोरिया आफ्नो व्यवहार परिवर्तन गर्न बाध्य भएको र पुनः वार्ताको वातावरण गरेको बताए ।

ट्रम्पले गत मे मा उत्तर कोरियाले ‘आक्रोस र घृणा पूर्ण’ अभिव्यक्ति दिएको आरोप लगाउँदै वार्ताबाट पछि हट्ने घोषणा गरेका थिए ।

तर, उत्तर कोरियाले संयमित प्रक्रिया दिन थालेपछि सिंगापुरमा यही जुन १२ का लागि प्रस्तावित द्विपक्षीय वार्ता सही बाटोमा अघि बढेको थियो ।

जुलियानीले उत्तर कोरियाली नेता किम नरम भएर आएपछि वार्ता सम्भव भएको दाबी गरे । जुलियानीको टिप्पणीप्रति उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने भनिएको वार्ताको वातावरण राम्रोसँग बनिरहेको प्रतिक्रिया दिएका थिए । (एजेन्सी)