
काठमाडौं, जेठ २४ । राष्ट्रिय खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हामी सबैंको सरोकार खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर भन्ने नाराका साथ आज दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरमा एक कार्यक्रम गरी खाद्य वस्तुको गुणस्तरमा ध्यान दिन सबैसंग आग्रह गरेको छ ।
स्वच्छ पानी र खाद्यवस्तु प्रयोगको लागि सचेतना आवश्यक रहेको भन्दै विभागले सर्वसाधारण जनताको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताएको छ ।
कार्यक्रममा कृषि व्यवस्था तथा भूमिसुधार राज्यमन्त्री रामकुमारी चौधरीले मानव जीवनको लागि खाना र पानी आधारभूत आवश्यकता भएकाले खाद्य पदार्थको गुणस्तरीयता कायम गर्न विभागलाई निर्देशन दिए ।
उनले उत्पादित वस्तुको गुणस्तरीयताको सुनिश्चितता गरेर मात्र बजारबाट खाद्यबस्तु खरिद गर्न आग्रह गरेर ।
बजारमा अखाद्य बस्तुको आयात निर्यात रोक्न सबैको पहल आवश्यक भएको भन्दै मन्त्री चौधरीले सरकारले यसको यथोचित प्रबन्ध गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्