
छोरा कृष्णप्रसादको हत्या गरिएको १४ वर्ष पुगेको दिन बिहीबार पत्रकार सम्मेलन गर्दै गंगामायाले छोराको हत्यारालाई सजायको माग राखेर ६ वर्ष अनशन बस्दा पनि न्याय नदिएको सरकारसमक्ष ‘न्यायको भीख माग्नु नै बेकार’ भन्दै आमरण अनशनकैक्रममा देह त्याग्ने दोहोर्याइन् ।
छोराको हत्यारालाई सजायको माग राखेर अनशन बस्दा श्रीमान् नन्दप्रसादसमेतले ज्यान गुमाउनुपरेको भन्दै उनले ६ वर्षदेखि अनवरत् अनशन बस्दा पनि सरकार भने हत्यारा जोगाउँदै हिँडेको टिप्पणी गरिन् ।
विगत १० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत् गंगामायाको स्वास्थ्य अवस्था भने दिनप्रतिदिन कमजोर हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्