१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


ढिस्कोले पुरिँदा एकजनाको मृत्यु, दुई घाइते


0
Shares

रामबजारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा १०८ धारा निर्माणको पर्खाल लगाउनेक्रममा ढिस्कोले पुरिएर सोही स्थानका १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो ।

उक्त घटनामा स्थानीय ५५ वर्षीय माधव अधिकारी र ५६ वर्षीय किमबहादुर नेपाली घाइते भएका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

घटनामा घाइते भएका परियारलाई प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय चिसङ्कु स्वास्थ्यचौकीमा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टमका लागि परियारको शव तनहुँको दमौलीस्थित जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक वन्तले जानकारी दिए ।

घाइते दुईजना भने स्थानीय अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।

इशानेश्वर मन्दिरमा १०८ धारा निर्माणका लागि खाल्डो खन्नेक्रममा उक्त घटना घटेको स्थानीयले बताएका छन् ।