Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सांसद तथा कार्यकर्ताको धम्कीप्रति पत्रकार महासंघको भर्त्सना


0
Shares

अखिल केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वको समूहले प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको विज्ञप्तिमा ‘जेठ २३ गते साँझ ७ः०० बजेतिर अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नबिना लामाको निर्देशनमा गएको उक्त समूहले हुलहुज्जत गर्दै समाचारकक्षमा कार्यरत् महासंघका केन्द्रीय सदस्य एवं कार्यकारी सम्पादक माधव चम्लागाईसहितका पत्रकारलाई धम्क्याएको’ उल्लेख छ ।

लामाले अनलाइनका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उडाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउँदै साइबर क्राइमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सांसदजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गैरजिम्मेवार कार्य गरेको भन्दै महासंघले भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

Skip This