१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट खारेज


0
Shares

न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार अदालतले नभइ संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकारभित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले योग्यता पुगेका न्यायाधीशको सूची पठाइसकेको र संवैधानिक परिषद्ले उचित निर्णय गर्ने नै भएकाले इजलासले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको कुरामा न्यायिक हस्तक्षेप आवश्यक नभएको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीशको नियुक्ति गर्न आदेशको माग गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले यही जेठ २ र १६ गते छुट्टाछुटै रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएपछि गत चैत १ गतेदेखि सो पद रिक्त छ ।

संसदीय सुनुवाइ समिति बन्न नसकेको हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन । रासस