
धनकुटा, जेठ २५ । धनकुटाका सातवटै स्थानीय तहका प्रतिनिधिले टोलटोलमा पुगेर योजना संकलन गर्न थालेका छन् ।
जनताका खास समस्या बुझी योजना छनोट गर्न प्रतिनिधि जुटेका हुन् । योजना छनोटमा स्थानीयको समेत उत्साहजनक सहभागिता देखिएको छ ।
स्थानीय तहको चुनाव भएको १ वर्ष पूरा भएको छ । विगत १ वर्षमा भौतिक संरचना, नीति नियम र कर्मचारीको व्यवस्थापनमै अल्झिएका प्रतिनिधिले विकासको काममा त्यत्ति ध्यान पुर्याउन पाएनन् ।
विभिन्न ठाउँबाट जनप्रतिनिधिका कार्यशैलीमा गुनासै गुनासा देखिन थालेका छन् । जनताका मागलाई नजिकबाट बुझ्न धनकुटाका सातै स्थानीय तहका प्रतिनिधि यतिबेला टोलटोलमा पुगेर योजना संकलनमा जुटेका छन् ।
जनताका वास्तविक चाहना र आकांक्षा सम्बोधन होस् र जनसहभागितामूलक काम होस् भन्ने हेतुले गाउँप्रतिनिधि गाउँगाउँमा योजना संकलन गर्न लागीपरेका हुन् ।
अघिल्लो वर्ष पर्याप्त समय नभएकोले टोलटोलमा पुग्न नसकिए पनि यो वर्ष टोलटोलमा पुगर योजना संकलन गर्न लागेको बताउँछन् धनकुटा नगरपालिका वडा नं ९ का वडाध्यक्ष सन्दीप रायमाझी ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्