Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रदेश–४ को नीति तथा कार्यक्रम सार्वजनिक, महत्वाकांक्षी योजना समेटियो


0
Shares

प्रदेशप्रमुख बाबुराम कुँवरले शुक्रबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत् गरेका हुन् ।

नीति कार्यक्रममा भौतिक पूर्वाधारलाई जोड दिने उल्लेख छ ।

प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय वृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेशमा प्रतिव्यक्ति आय वार्षिक २५ सय अमेरिकी डलर पुर्‍याउने र आगामी पाँच वर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने महत्वाकांक्षी योजना समेटिएको छ ।

कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको द्रुतमार्ग निर्माणको योजना पनि प्राथमिकतामा छ ।

प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय खेलमैदान, विशिष्टीकृत मुटुरोग, मिर्गौला र क्यान्सर अस्पतालको निर्माण, गाउँपालिकामा २५ श्यया, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शय्याको अस्पताल निर्माण थालनी गर्ने जनाइएको छ ।

पोखरालाई केन्द्रमा राखेर वृहत् पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने, सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सन्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीय तहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्नेलगायतका योजनालाई नीति तथा कार्यक्रममा समेटिएको छ ।