१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


दैलोमै सेवा पाउँदा मुस्ताङबासी दंग


0
Shares

स्थानीयबासिन्दालाई संघीयता कार्यान्वयनको अनुभूति दिलाउन एकीकृत घुम्ती सेवा सन्चालन गरिएको हो ।

लोमाङ्थाङ र लोभेकर–दामोदरकुन्ड गाउँपालिकामा घुम्ती सेवा सन्चालन गरिएको हो ।

घुम्ती सेवाबाट लोमाङ्थाङ गाउँपालिकाका १४ ओटा गाउँ र लोभेकर–दामोदरकुन्ड गाउँपालिकाका ११ ओटा गाउँका बासिन्दा लाभान्वित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटताका कारण स्थानीयले सेवा लिन नपाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर सेवा दिएको हो ।

घरदैलोमा सेवा पाएपछि उपल्लो मुस्ताङबासी खुसी भएका छन् ।

त्यसैगरी, तल्लो क्षेत्रको थासाङ गाउँपालिकामा पनि विभिन्न सेवा–सुविधासहितको एकदिने निःशुल्क बृहत् घुम्ती सेवा सन्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।