
जुम्ला विमानस्थलमा अवतरणकाक्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो ।
विमानमा सवार १८ यात्री र चालकदलका तीन सदस्य सकुशल रहेको यति एअरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ ।
तारा एअरको विमान धावनमार्गमा अवतरणकाक्रममा चक्का पङ्चर भइ विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्री सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
दिउँसो करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणकाक्रममा दुर्घटनामा परेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्