Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी


0
Shares

काठमाडौं, जेठ २७ । समाजवादको लक्ष्य हासिल गर्न सबै मजदुर एक भएर लाग्नु पर्नेमा श्रमजीविहरुले जोड दिएका छन् ।

जेठ २९ देखि ३१ सम्म काठमाडौं हुन लागेको नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको निर्वाचनका लागि वर्तमान अध्यक्ष खिलानाथ दाहाल नेतृत्व समूहको घोषणा सभामा आइतबार उनीहरुले यस्तो जोड दिएका हुन् । कांग्रेस कमजोर भएको वर्तमान अवस्थामा समेत सबै श्रमजीवि मजदुर एक भएर पार्टीलाई सुदृढ र संगठित गर्नु पर्ने भन्दै यसका लागि ट्रेड युनियन कांग्रेसमात्र सक्षम शक्ति भएको उनीहरुको दावी छ ।

दाहाल नेतृत्व समूहमा वरिष्ठ उपाध्यक्षमा अयोध्या प्रसाद यादव, उपाध्यक्ष खुल्लामा बमबहादुर डिसी, डिपी अर्याल, महिलामा कल्पना अधिकारी, सेवामा शंकर लामिछाने, उत्पादनमा युवराज लामा, अनौपचारिकमा नूर महम्मद रैन, महासचिवमा संजय मिश्र, उपमहासचिव खुल्लामा जनार्दन राम निरौला, काजीमान श्रेष्ठ, महिलामा कमला लामिछाने, सेवामा रञ्जन थापा, उत्पादनमा धिरेन्द्र सिंह, अनौपचारिकमा आत्माराम पौडेल, कोषाध्यक्षमा रिसभ घिमिरे र सह कोषाध्यक्षमा तारा कुमारी राई लगायतका सदस्यहरु छन् ।

२००३ सालमा विराटनगरबाट शुरु भएको मजदुर आन्दोलन प्रजातान्त्रिक समाजवादी आदर्शलाई अंगिकार गर्दे ट्रेड युनियन आन्दोलन आजसम्म निरन्तर छ ।

Skip This