२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यार्सासहित चारजना पक्राउ


0
Shares

रसुवा प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीकाअनुसार नेपाल–चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइ ल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा–गोसाइँकुन्ड गाउँपालिका–१ का इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुन्ड गाउँपालिका–२ का मंगल तामाङलाई पक्राउ गरिएको हो ।

अभियुक्त चारैजनालाई कारबाहीका लागि सोमबारै लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।

बरामद गरिएको यार्सागुम्बाको मूल्य खुलाइएको छैन । रासस