 
	    काठमाडौं । सत्तारूढ दल नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीच आज भिडिओ कन्फ्रेन्स हुने भएको छ ।
देश र पार्टी परिचालन गर्न र अनुभव आदान प्रदान गर्न दुई देशका कम्युनिष्ट पार्टीबीच भिडियो कन्फ्रेन्स हुन लागेको नेकपाले जनाएको छ ।
कोरोना महामारीका कारण प्रत्यक्ष भेटघाट हुन नसक्ने भएकाले दुई पार्टीका जिम्मेवार नेताहरुबीच भिडियो कन्फ्रेन्स हुन लागेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, तिब्बत स्वशासित क्षेत्र कमिटि र नेकपा केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कन्फ्रेन्सको कार्यक्रम तय गरिएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेताहरुले नेकपामा नेताहरुलाई प्रशिक्षण दिनेछन् ।
नेकपा विदेश विभागलाई भने यसबारेमा कुनै जानकारी नभएको बताइएको छ । विदेश विभागका प्रमुख माधव कुमार नेपाल छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्