२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्पेनिस लिग: मड्रिडद्वारा भ्यालेन्सीया पराजित, शिर्ष स्थानको बार्सिलोनासँग दुई अंकको दुरी


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गरेको हो । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ ।

रियालको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ । ला लिगाअन्तर्गत गएराती भएको अर्को खेलमा डेपोर्टीभो आलाभेजले रियाल सोसीडाडलाई २–० ले हराएको छ । एजेन्सी