१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राहत शिक्षक संघद्वारा राजधानीमा प्रदर्शन


0
Shares

काठमाडौं, असोज २१ । स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राहत शिक्षक संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

देशभरबाट आएका राहत कोटाका शिक्षकहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागीहरुले सरकारले आफूहरुलाई अन्याय गरेको भन्दै शिक्षा ऐनमै संशोधन गरेर स्वतः स्थायी गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुका अनुसार देशभर ४० हजार राहत कोटाका शिक्षक छन् । विभिन्न संघ संस्था तथा गैरसरकारी संस्थाहरुको आर्थिक सहयोगमा पारिश्रमिक लिने गरी शिक्षक बनेकाहरु राहत कोटाका शिक्षक हुन् ।