Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


चालकको आँखा जाँच गर्न सडकमै शिविर संचालन


0
Shares

धनकुटा । धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन गरिएको छ ।

चालकको आँखामा समस्या भएमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै धनकुटा नगरपालिका वडा नं. ६ को समन्वय र नेत्रज्योति संघ धनकुटाको प्राविधिक सहयोगमा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा सरस्वती चोकमा सडकमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ सय १२ जना सवारी चालकको आँखा परीक्षण गराएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

परीक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।