
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा आगामी २०८३ मङ्सिर ३ गतेदेखि १४ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस अवधिमा बल्खु खोला पुल, नैकाप, लुम्बिनी, शिफल ग्राउन्ड, स्युचाटार पुल, कोटेश्वर, इमाडोल, कालोपुल, सतुङ्गल, ढुङ्गे अड्डा तथा बलम्बु क्षेत्र प्रभावित हुनेछन्।
प्राधिकरणले तोकिएका मितिमा सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।






प्रतिक्रिया दिनुहोस्