Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


प्रधानमन्त्री शाहलाई भेट्न ताज होटल पुगे विदेशमन्त्री जयशंकर


0
Shares

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटल पुग्नुभएको छ ।

आईतवार दुई दिने भारत भ्रमणका क्रममा रहनुभएका शाहलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर ताज होटल पुग्नुभएको हो । आईतवार दिउँसो साह त्रिभूवन विमानस्थलबाट दिल्ली जानुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा रहनुभएका शाहले आईतवार भारतीय विदेशमन्त्री र सोमवार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।