सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे दुर्घटना भएको हो। उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक दुवै जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।









प्रतिक्रिया दिनुहोस्