Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


आइजिपि नियुक्तिबारे ओलीले भने : उनीहरुको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला


117
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले उनीहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गर्नुभएको हो ।

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।

सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भन्नुभयो, ‘उनीहरूले भनेको मान्छे भनेर नयाँ नियुक्ति गरेको होला ।’
यसैबीच, ओलीले मंगलवार नेपाली काँग्रेसका सभापति गगनकुमार थापासँग आफ्नो राम्रो कुराकानी भएको बताउनु भयो ।
ओलीले भन्नुभयो, ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए ।’ उहाँले थापासँग राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।

Skip This