Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ


169
Shares

रुकुम । डोल्पा जिल्ला कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट नियन्त्रणमा लिएको छ। फरार आठ कैदीबन्दीको खोजीमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। प्रहरीका अनुसार दुवै जना जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए।

गत कात्तिक १४ गते बिहान करिब ६ बजे ठूलीभेरी नगरपालिका–३ स्थित डोल्पा जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए। उनीहरूले सुरुङ खनेर कारागारबाट भागेको बताइएको छ।

फरार कैदीको खोजी तथा पक्राउका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको थियो। आठमध्ये दुई जना पक्राउ परे पनि बाँकी छ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनीहरूको खोजी जारी राखेको जनाएको छ।

Skip This