Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


तिहारमा प्लास्टिकका फूलमाला बिक्री गर्न प्रतिबन्ध


117
Shares

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाएको छ ।

महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धित सामग्री बिक्री गरेको भेटिएमा जफत गरिने जनाएको छ ।

स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको बजार प्रवर्द्धन र बिक्री सहज बनाउन महानगरले विभिन्न स्थानमा बिक्री केन्द्रसमेत तोकेको छ । नयाँ बानेश्वर, चाबहिल, कोटेश्वर, कलंकी, कालिमाटी, स्वयम्भू, महाराजगञ्ज र बालुवाटारलगायत क्षेत्रमा स्वदेशी फूल बिक्री गर्न सकिने महानगरले जनाएको छ ।

महानगरले तिहारमा प्लास्टिकका सामग्रीको सट्टा स्वदेशी फूलमाला प्रयोग गर्न र स्थानीय किसानका उत्पादनलाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Skip This