Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्यो


754
Shares

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने व्यक्तिको पहिचान खुलेको छ ।

दुर्घटनामा भारतको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु भएको हो । त्यस्तै, घाइते हुनेमा भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टर अवतरण गर्ने क्रममा दुवैका पंखा आपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा घाइते पटेललाई माउन्टेन एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Skip This