Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते


767
Shares

सोलुखुम्बु । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएर दुर्घटनामा परेका हुन्। अवतरण गर्ने क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा जुधेको बताइएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई माउन्टेन एयरको हेलिकोप्टरमार्फत उपचारका लागि पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

Skip This