Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


होर्मुज खोल्न इरानी शर्त


0
Shares


काठमाडौं ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा जारी वार्ताको नतिजा अमेरिकाको जवाफमा निर्भर रहेको बताएका छन् ।

इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार आइतबार दोहामा भइरहेको वार्ताबारे जानकारी दिंदै उनले इरानी प्रतिनिधिमण्डल कतार भ्रमणमा रहेको र यसको मुख्य उद्देश्य होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल गर्नु भएको बताए ।

होर्मुज जलमार्ग दुई दिनभित्र पुनः खोल्ने प्रस्तावमाथि छलफल भइरहेको भन्दै तर अहिलेसम्म अन्तिम सहमति जुटिनसकेको पनि अराघचीले बताएका छन् ।

इरानका सर्वोच्च नेता मोजतवा खामेनेईले सबै प्रकारका खतराको सामना गर्न र आवश्यक परे तत्काल, प्रभावकारी जवाफ दिन निर्देशन दिएको पनि अराघतीले बताएका छन् ।

अमेरिकासँग इस्लामाबाद सम्झौतापछि लगाइएका प्रतिबन्ध हटाउन, मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति घटाउन, तेल निर्यातसम्बन्धी छुट पुनः बहाल गर्न र रोक्का गरिएका आफ्ना सबै रकम फुकुवा गर्ने शर्त इरानले राखेकाे छ ।

इरानले होर्मुज जलमार्गमा ओमानसँग छलफल गरिएका केही समुद्री मार्गलाई मान्यता दिनुपर्ने र अन्य मार्ग बन्द गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको अराघचीले बताएका छन् ।

Skip This