Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


सर्वोच्च अदालतमा प्रश्तावित चार न्यायाधीश विरुद्ध समितिमा ९ वटा उजुरी


351
Shares

काठमाडाैं । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा ९ वटा उजुरी परेका छन् ।

सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाईका लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ । प्राप्त उजुरीमध्ये सबै जना प्रश्तावित न्यायाधीशविरुद्ध दुई–दुईवटा, दुई जना जनाविरुद्ध तीन÷तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिनुभयो ।

सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिनुयो । गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उहाँको भनाइ छ । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रश्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो न्यायधीशको सुनुवाईको प्रक्रिया अगाडि अगाडी बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईंलाई जानकारी गराऊँ । हामीले जति पनि गोप्य भनिएको छैन, गोप्य नभएकोलाई हामी अध्ययन गर्छौँ । गोप्य भनेकोलाई चाहिँ यसको अर्को बैठक बसेर फेरि त्यो उजुरी हामी खोल्छौँ र अध्ययन गर्छौँ । सुनुवाइको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’

उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

Skip This