काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जारी सिजनमा पहिलो जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।
वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २ विकेटको क्षतिमा १०५ रन जोडेको थियो। विराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाउँदा आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रनको योगदान दिएका थिए।
सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए।
जारी प्रतियोगितामा विराटनगरको तेस्रो खेलबाट याे पहिलो जित हो। तीन खेल खेलेको सुदूरपश्चिमले भने दोस्रो हार बेहोरेको छ।









प्रतिक्रिया दिनुहोस्