काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरको खेलमा २ विकेट गुमाउँदै १०५ रन बनाएको हो।
विराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रनको योगदान दिए। त्यस्तै, आन्द्रे रसेलले २९ तथा लोकेश बमले २५ रन जोडे।










प्रतिक्रिया दिनुहोस्